Amazing,
Bichitra,
Crime,
Diaspora,
Economy,
Entertainment,
Feature,
Health,
International,
Interview,
Model Watch,
News,
Opinion,
Politics,
Rashifal,
Sports,
Technology,
World
»
प्रचण्ड दिल्ली नपुग्दै ‘कालापानी र लिपुलेक’बारे भारतले गर्यो यस्तो दाबी
प्रचण्ड दिल्ली नपुग्दै ‘कालापानी र लिपुलेक’बारे भारतले गर्यो यस्तो दाबी
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि भारतको औपचारिक भ्रमण सुरू गर्दैगर्दा सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले कालापानी र लिपुलेकका
विषयमा बिबादास्पद अभिव्यक्ति दिएका छन् ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बिहीबार बिहान कुरागर्दै भाजपा नेता कोश्यारीले कालापानी र लिपुलेकबारे ९० प्रतिशत नेपाली जनतालाई थाहा नभएको दाबी गरे । ‘९० प्रतिशत नेपाली जनतालाई कालापानी र लिपुलेकबारे थाहा छैन’, उनले भने, ‘धेरै नेपालीले त्यो स्थान देखेका पनि छैनन् ।’
प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला लिपुलेक र कालापानीको बिबाद कुटनीतिक रुपमा उठाउन सुझाव आइरहेका बेला सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीले बिबादास्पद अभिव्यक्ति दिएका हुन् ।
भाजपा नेता कोश्यारीले कालापानी र लिपुलेकबारे नेपालीहरूलाई धेरै चासो नरहेको भन्दै तर, केही सीमित व्यक्तिले अनावश्यक बिबाद उठाउने गरेको उल्लेख गरे । कालापानी र लिपुलेकबारे अनावश्यक बोल्न नहुने उनको सुझाव छ ।
0 comments
Write Down Your Responses