नेपालीको घरमा छापा मार्न आएका भारतीय प्रहरी स्थानीयद्वारा पक्राउ

ठमाडौं : कञ्चनपुरको बेलीराीमा एक स्थानीयको घरमा प्रवेश गर्न खोज्ने दुई भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।



हतियारसहित एक स्थानीयको घरमा छापा मार्न आएका भारतीय प्रहरीहरुमध्ये दुईजनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।बेलोरी नगरपालिका १४ का स्थानीय झुपबहादुर शाहीको घरमा खानतलासी गर्न भन्दै आएका १४ जना भारतीय प्रहरीको जत्था स्थानीयको प्रतिकारपछि भागेका अाजकाे अन्नपूर्णमा समाचार छ ।

भारतीय प्रहरीमध्ये १२ जना भागे पनि दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । स्थानीय भोडा चौकीले ती भारतीय प्रहरीलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालय बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.