अख्तियारले माओवादी शिविरको अनियमितताबारे नेताहरूलाई ३० दिनभित्र डाक्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएका आर्थिक अनियमितताका सम्बन्धमा छानबिन प्रक्रिया अघि बढाउने जानकारी गराएको छ।

एक घन्टा मात्र समय राखेर डाकिएको आकस्मिक पत्रकार सम्मेलनमा अख्तियारले यो जानकारी दिएको हो।
उक्त प्रकरणमा नाम परेका नेताहरुलाई ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको पनि अख्तियारले जनाएको छ। ती नेताको नाम भने अख्तियारले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.